Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

स्वास्थ्य उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फर्किए

२७ साउन,   खबरमञ्च,   at 2:15 PM

By   /  August 12, 2019  /  Comments Off on स्वास्थ्य उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फर्किए

    Print       Email

 

काठमाडौं । स्वास्थ्य उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । सवा १२ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । आफ्नो भ्रमण अनौपचारिक भन्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको सलामी ग्रहण भने गरेनन् ।

सधैं विमानस्थलमा गर्ने पत्रकार सम्मेलन पनि भएन ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका अन्य मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत विमानस्थलमा पुगेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

द्वन्द्वको घाउ निको हुन अझै केही समय लाग्छः राष्ट्रपति भण्डारी

Read More →