Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

स्वस्थ परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने

४ भदौ,   खबरमञ्च,   at 4:38 PM

By   /  August 21, 2019  /  Comments Off on स्वस्थ परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने

    Print       Email

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले स्वस्थ परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने बताएका छन् । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री खनालले बाहिरको रोग खसी बोकाको माध्यमबाट नेपालमा भित्रिन नदिने बताएका हुन् ।

नेपाल विश्व ब्यापार संगठनको सदस्य राष्ट्र भएकोले खसीबोका आयात रोक्न नसके पनि उत्पतिको प्रमाण र निरोगिताको प्रमाण नभई नेपाल भित्रन नदिने बताए । मन्त्री खनालले संसारभरका रोग हुल्ने गरि नेपालमा स्वस्थ परीक्षण नगरी खसीबोका ल्याउन नदिने बताए ।

कार्यक्रममा मन्त्री खनालले निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यावसायीले घेराबन्दी गर्न खोजेको बताए । व्यवसायीहरुले अनौपचारिक रुपमा दशैंमा त देख्लास् भनेर धम्की दिएको बताए ।

मन्त्री खनालले हाम्रो उत्पादन प्रयाप्त भए आयात गर्न नपर्ने भन्दै  उत्पादनमा जोड दिएर र स्वस्थकर खाना खान सकिने बताए ।  कार्यक्रममा हेफर नेपालले विराटनगर, बुटवल, पोखरा, भरतपुर र कोहलपुरमा ५ वटा आधुनिक बधशाला निर्माण गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

तोरी उत्पादन बढाउन अनुदानमा बीउ वितरण

Read More →