Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

स्ववियुको निर्वाचन फागुनमा नहुने पक्का

2019/02/25,    at 5:20 PM

By   /  February 25, 2019  /  Comments Off on स्ववियुको निर्वाचन फागुनमा नहुने पक्का

    Print       Email

 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन फागुनमा नहुने भएको छ । फागुन १८ गते स्ववियुको कार्यकाल सकिने भए पनि निर्धारित समयमा त्रिविले निर्वाचन गर्न नसक्ने भएको छ ।

त्रिविले फागुनमा निर्वाचन गर्ने तयारी गरे पनि पर्याप्त तयारी नपुगेकाले निर्वाचन सार्न थालेको हो । विसं २०७३ फागुन १८ गते २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचन भएको थियो ।

त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले निर्वाचनको तयारी गर्नुपर्ने भएकाले फागुनमा नै स्ववियु निर्वाचन गर्न नसकिने बताए । उनले सबै विद्यार्थी संगठनलाई निर्वाचनमा सहभागी गराउने गरी चैतमा निर्वाचन गर्ने बताउनुभयो । उहाँले कुनै संकायको परीक्षा नपर्ने गरी चाँडै नै कार्यतालिका सार्वजनिक गर्ने बताए । त्रिविले अहिले सवै डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयसँग परीक्षाको कार्यतालिका माग गरेको छ ।

ुहामीले सबै डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा छलफल गरी परीक्षाको कार्यतालिका माग गरेका छौँ,ु उनले भने, ुपरीक्षाको कार्यतालिका हेरेर कसैको परीक्षा नपर्ने गरी हामीले निर्वाचनको कार्यातालिका प्रकाशित गर्छैँ ।ु त्रिविले यसअघि सबै आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ ।

त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त गरी करीब एक हजार क्याम्पसमा स्ववियु निर्वाचन हुने गरेको छ । दुई—दुई वर्षमा गरिने निर्वाचन २०६५ यता त्रिविमा विद्यार्थी संगठनका कारणले पूर्णरूपमा हुन सकेको छैन ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निजी क्षेत्रका विद्यालय आफैं बन्द हुन्छन्ः प्रधानमन्त्री

Read More →