Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

सैनिक कारबाहीमा १२ तालिबान लडाकूको मृत्यु

जेठ ७,   खबरमञ्च,   at 2:10 PM

By   /  May 21, 2019  /  Comments Off on सैनिक कारबाहीमा १२ तालिबान लडाकूको मृत्यु

    Print       Email

अफगानिस्तान । आतंककारी समूहविरुद्ध अफगानी सेनाले गरेको एक कारबाहीका क्रममा १२ जना तालिबान लडाकू मारिएका जनाइएको छ ।

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको खान अबाद जिल्लामा गरिएको सैनिक कारबाहीमा १२ जना तालिबान लडाकू मारिएको त्यहाँको प्रान्तीय सरकारले जनाएको छ ।

कुन्जुद प्रान्त सरकारका प्रवक्ता एस्मातुल्लाह मुरादीले मङ्गलबार बिहानीपख खान अबाद र छिमेकी अक्तास जिल्लामा सेनाले कारबाही गरेको जानकारी दिए ।

सैनिक कारबाहीका क्रममा १२ जनाको मृत्यु भएको पुष्टी भइसकेको र अरु एक दर्जनभन्दा बढी लडाकू घाइते भएको प्रवक्ता मुरादीले बताए ।

उक्त सैनिक कारबाहीमा सरकारी सेनातर्फ कुनै क्षति नभएको सकरारी पक्षको दाबी छ । कुन्दुज प्रान्तमा निकै सक्रिय तालिबान समूहले भने उक्त घटनाका बारेमा कुनै टिप्पणी गरेको छैन ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एउटा अनौठो संयोगः सेप्टेम्बर ११ का दिन ९ः११ मा जन्मिएकी बालिकाकाे ताैल पनि ९ पाउण्ड ११ अउन्स

Read More →