Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

‘सूचना तथा प्रविधि विधेयक’ सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउनका लागि हाेः मन्त्री बाँस्काेटा

८ फागुन,   खबरमञ्च,   at 5:40 PM

By   /  February 20, 2019  /  Comments Off on ‘सूचना तथा प्रविधि विधेयक’ सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउनका लागि हाेः मन्त्री बाँस्काेटा

    Print       Email

 

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाललाई डिजिटल नेपाल बनाउन सूचना तथा प्रविधि विधेयक ल्याएको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सूचना तथा प्रविधि विधेयक २०७५ पेश गर्दै मन्त्री बाँस्कोटाले डिजिटलाइजेसन मार्फत नेपाललाई विश्व बजारमा अगाडि लैजान लैजान कानूनी अन्यौल नहोस् भन्नका लागि विधेयक ल्याएको बताएका हुन् ।

साथै उनले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित र व्यवस्थित बनाउनका लागि पनि ल्याइएको बताए ।

‘फेसबूक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जाललाई दर्ता गर्ने प्रचलन अन्यत्र पनि छ, नेपालमा यसलाई गलत ढंगले प्रचार गरेको पाइयो,’ उनले भने, ‘सामाजिक सञ्जाललाई मानव समाजको हितमा प्रयोग गर्दा नवीनतम् चिज र गलत ढंगले प्रयोग गर्दा घातक हतियार हो । साइबर सुरक्षाको नीतिगत व्यवस्थाका लागि यो विधेयक ल्याइएको हो ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आइफोन ११ सिरिज सार्वजनिक

Read More →