Loading...
You are here:  Home  >  समाज  >  Current Article

सुँगुरको मासु खाँदा दुई कैदीको मृत्यु, दुई जना सिकिस्त बिरामी

२१ असोज,   खबरमञ्च,   at 12:16 PM

By   /  October 8, 2019  /  Comments Off on सुँगुरको मासु खाँदा दुई कैदीको मृत्यु, दुई जना सिकिस्त बिरामी

    Print       Email

काठमाडौं । पाँचथर जिल्ला कारागारमा सुँगुरको मासु खाँदा दुई कैदीको मृत्यु भएको छ भने दुई जना सिकिस्त बिरामी परेका छन्।

आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेका उनीहरूलाई सोमबार बिहान जिल्ला अस्पताल पाँचथर भर्ना गरिएको थियो।

उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका-८, याङनामका २५ वर्षीय वुद्धि केरुङको मृत्यु भएका पाँचथर प्रहरीले जनाएको छ।

यस्तै बिरामी परेका अर्का एकजना जिल्लाको फिदिम नगरपालिका–१०, याङनामका अन्दाजी ३३-३४ वर्षका जयप्रकाश जवेगुको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ लाँदै गर्दा बाटोमै ज्यान गएको पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए। सोमबार राति १२ बजे उनको मृत्यु भएको न्यौपानेले जानकारी दिए।

यस्तै सुँगुर मासु खाएर कुम्मायक गाउँपालिकाका अन्दाजी २९÷३० वर्षका दिनेश खजुम र जिल्लाको साविक सिदिन गाविसका सुन्दर राई पनि बिरामी परेका छन्। उनीहरुको अवस्था पनि गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।

उनीहरूको बिएन्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दसैंका अवसरमा उनीहरूले आइतबार कारागारभित्रै सुँगुर ल्याएर काटेको र मासु खाएको प्रहरीको भनाइ छ।

सुरुमा झाडापखाला लागेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सैनिक भर्नामा अनियमितताः चार सैनिकसहित २७ जनालाई सेनाले गर्‍यो कारवाही

Read More →