Loading...
You are here:  Home  >  समाज  >  Current Article

सिरुवाको अवसरमा वैशाख २ गते झापासहित तराईका पाँच जिल्लामा सार्वजनिक बिदा

२९ चैत,   खबरमञ्च,   at 6:02 PM

By   /  April 12, 2019  /  Comments Off on सिरुवाको अवसरमा वैशाख २ गते झापासहित तराईका पाँच जिल्लामा सार्वजनिक बिदा

    Print       Email

काठमाडाैं । संघीय सरकारले पूर्वि तराईका जिल्लामा मनाइने सिरुवा पर्वका लागि तराईका पाँच जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले शुक्रवार सूचना प्रकाशन गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा २०७६ साल बैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।गृह मन्त्रालयले उक्त सूचना पाँचवटै जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरिसकेको छ।

तराईका आदिवासी समुदायले नयाँ वर्षको रुपमा मनाउने सिरुवा पर्वमा दिइने विदा संघीय सरकारले कटौति गरेको थियो । बिदा कटौती गरेपछि आदिवासी समुदायले बिदाको माग राखेका थिए।

तराइमा बस्ने राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी लगायत समुदायले सिरुवा मनाउने चलन रहेको छ। नयाँ वर्ष शुरु भएकै दिनदेखि तीन दिनसम्म यी समुदायले सिरुवा पर्व मनाउने गर्छन् । जस अनुसार उनहिरुले पहिलो दिन पानी, दोस्रो दिन हिलो र अन्तिम दिन रंग सिरुवा पर्व मनाउने गर्छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जितेन्द्र आयोगको सिफारिसमा नागरिकता लिनेका सन्तानलाई नागरिकता नदिन सर्वोच्चको आदेश

Read More →