Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

सिनेमामा आएर मैले यस क्षेत्रको परिक्षा दिएको छुः मनोज गजुरेल (भिडियो)

१५ माघ,   खबरमञ्च,   at 7:56 PM

By   /  January 29, 2019  /  Comments Off on सिनेमामा आएर मैले यस क्षेत्रको परिक्षा दिएको छुः मनोज गजुरेल (भिडियो)

    Print       Email

विर्तामोड । रंगमञ्चका हाँस्य कलाकार मनोज गजुरेलले आफू सिनेमा क्षेत्रमा आएर उक्त क्षेत्रका लागि परीक्षा दिएको बताएका छन्।

मंगलबार झापाको विर्तामोडमा पत्रकार सम्मेलनमा उनले सामाजिक चेतनाका चलचित्रमा आफ्नो अभियन रहने बताए।

उनले भने, ‘मै चलचित्र १०० कडा १० मा अभिनय गरेर परीक्षा दिएको छु। यसमा पास भएँ भने भइहालें। फेल भएँ भने फेरि ट्युसन पढेर परीक्षा दिन्छु।’

आगामी माघ १८ गतेबाट देशभर प्रदर्शन हुने नेपाली चलचित्र १०० कडा १० का अभिनेता तथा हाँस्य कलाकार मनोज गजुरेलले उक्त चलचित्र भ्रस्टाचार विरुद्धको सांस्कृतिक अभियान भएको बताए।

उनले उक्त सिनेमा, सिनेमा मात्र नभइ, भ्रस्टाचार गर्नु हुँदैन भनेर सिकाउने सामाजिक चेतनाको अभियान भएको बताए।

उक्त चलचित्रमा गजुरेलका साथमा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ।

चलचित्रका निर्देशक तथा लेखक रामशरण पाठकले उक्त चलचित्र सबैले बसेर हेर्न सकिने भएको बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काँकडभिट्टामा ‘कला साहित्य उत्सव–२०७५’ शुरु

Read More →