Loading...
You are here:  Home  >  अपराध  >  Current Article

सार्वजनिक यातायातमा पाकेट मार्ने ८२ जना पक्राउ

2019/06/16,    at 3:37 PM

By   /  June 16, 2019  /  Comments Off on सार्वजनिक यातायातमा पाकेट मार्ने ८२ जना पक्राउ

    Print       Email

 

महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक यातायतमा सञ्चालन गरेको विशेष अभियानबाट ८२ जनालाई पक्राउ गरेको छ ।

काठमाडौै‌मा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनहरुमा पाकेटमारी तथा चोरीका घटनाहरु बढ्दै गएपछि प्रहरीले विशेष अभियान सञ्चालन गरि ८२ जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । जेठ १ गतेदेखि ३२ गतेसम्म साधा पोशाकमा प्रहरी परिचालन गरी त्यस्ता कार्यमा संलग्न ७८ पुरुष र ४ जना महिलालाई पक्राउ गरिएको हो । चक्रपथमा चल्ने अधिकांश सवारी साधनमा त्यस्तो घट्ना ज्यादा हुने गरेको परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए ।

यस्तै प्रहरीले डलर र नक्कली सुन साट्ने भनि लुटपाट गर्ने दुई जनालाई पनि पक्राउ गरि आजै सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका जितबहादुर तामाङ र रामबहादुर तामाङ रहेका छन् । नयाँ वसपार्क, बौद्ध क्षेत्रलाई मुख्य आधार बनाइ विदेशबाट फर्किएकाहरुलाई डलर र सुन साट्ने बहानामा ठगि गर्ने कार्यमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाले महानगरीय प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट समेत मुद्दा खेपिरहेका थिए । उनीहरु जस्तै अन्य पनि उक्त कार्यमा संलग्न हुन सक्ने भन्दै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘धर्ती माता’ भन्दै युवतीलाई यातना दिने महिला पक्राउ

Read More →