Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

२८ फागुन,   खबरमञ्च,   at 8:01 PM

By   /  March 12, 2019  /  Comments Off on साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

    Print       Email

विराटनगर । पाँचौं साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ ।

मंगलबारदेखि विराटनगरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० ले हराएको हो ।

सहिद रंगशालामा भएको खेलको १३औं मिनेटमा गोल गर्दै मञ्जलीकुमारी योञ्जनले नेपाललाई प्रारम्भिक अग्रता दिलाइन् ।

त्यसको तीन मिनेटमै गोल गर्दै साबित्रा भण्डारीले नेपालको अग्रतालाई दोब्बर पारिन् । साबित्राको यो २३औं अन्तर्राष्ट्रिय गोल हो ।

त्यस्तै, ५५औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै अग्रतालाई तेब्बर पारिन् ।

नेपालले निरन्तर पोस्टमा आक्रमण गरेपनि थप गोल भने गर्न सकेन ।

साफमा यसअघि भुटानसित भएका दुई भेटमा नेपाल समान ८–० ले विजयी भएको थियो ।

पाँचौं संस्करणसम्म आइपुग्दा नेपालले तीनपटक फाइनल खेलेको छ भने एकपटक सेमिफाइनलबाटै बाहिरिएको छ ।

सबै संस्करणमा नेपालको तगारो भारत बन्दै आएको छ । तर, हालै भारतमा भएको हिरो गोल्डकप फुटबलमा नेपालले भारतलाई हराएकाले यसपटक नेपालको मनोबल उच्च छ ।

नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा चैत २ गते बंगलादेशसित खेल्नेछ ।

६ टोली सहभागी प्रतियोगिताको अर्को समूहमा भारत, श्रीलंका र माल्दिभ्स छन् । बुधबार भारत र माल्दिभ्स खेल्नेछन् ।

यसअघि, मंगलबारै प्रतियोगिताको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका थिए ।

उद्घाटनक्रममा विभिन्न सांस्कृतिक प्रदर्शन भएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्वकप क्रिकेट खेल्ने पाकिस्तानी टोलीमा परिवर्तन्

Read More →