Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

साफ महिला फुटबलः भारतले श्रीलङ्कालाई ५–० ले हरायाे

३ चैत,   रासस,   at 9:52 PM

By   /  March 17, 2019  /  Comments Off on साफ महिला फुटबलः भारतले श्रीलङ्कालाई ५–० ले हरायाे

    Print       Email

विराटनगर : पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा भारतले श्रीलङ्कालाई ५–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा भारत विजयी भई समूह प्रथम भएको छ ।

भारत जीतमा ग्रेस दाङमेई, सन्धिया रङ्गनाथन, इन्दुमती कथेरेसन, सङ्गीता वास्फोरे र रत्नाबाला देवी नानग्मेथेम गोल गरिन् । भारतले खेलको चौथो मिनेटमा नै दाङमेईले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् भने पहिलो गोल भएको तीन मिनेटपछि भारतकी खेलाडी रङ्गनाथनले गोल गरिन् ।

यसैगरी खेलको ३६ औँ मिनेटमा भारतकी कथेरेसन गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाइन् भने ४४ मिनेटमा वस्फारेले पेनाल्टीबाट गोल गर्दै भारतलाई ४–० को गोलले अगाडि बढाइन् । पहिलो हाफमा ४–० को अग्रता बनाएको भारतले दोस्रो हाफको ४७ औँ मिनेटमा नानग्मेथेमले गोल गर्दै भारतलाई ५–० अग्रता दिलाइन् । आगामी बुधबार हुने खेलमा नेपाल र श्रीलङ्काबीच सेमिफाइनल खेल हुनेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्वकप क्रिकेट खेल्ने पाकिस्तानी टोलीमा परिवर्तन्

Read More →