Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

साफ महिला च्याम्पियनसिप फुटबलः नेपाल उपाधि दाबेदार

६ चैत,   खबरमञ्च,   at 3:04 PM

By   /  March 20, 2019  /  Comments Off on साफ महिला च्याम्पियनसिप फुटबलः नेपाल उपाधि दाबेदार

    Print       Email

विराटनगर । नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ। बुधबार सहिद रंगशालामा भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ४-० ले स्तब्ध बनाउदै नेपाल फाइनल पुगेको हो।

नेपालको जितका लागि पहिलो हाफमा एक गोल र दोश्रो हाफमा तीन गोल भयो। नेपालका लागि पुनम जर्गा मगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक/एक गोल गरे।

पहिलो गोल नेपालका लागि ४२ औं मिनेटमा पुनम जर्गा मगरले गोल गरिन्। खेलको ७३ औं मिनेटमा अनिता बस्नेतले दोश्रो गोल गरिन्।

त्यसैगरी खेलको ८२ औं मिनेटमा अनिता बस्नेतकै पासमा सावित्रा भण्डारीको हेडर बलले श्रीलंकाको जाली चुमेपछि नेपालले ३-० ले अग्रता लिएको थियो।

श्रीलंकाको कमजोर रक्षापंक्तिको फाइदा उठाउने क्रममा नेपालले खेल सकिन चार मिनेट बाँकी हुँदा चौथो गोल गर्यो। रेखा पौडेलले नेपालका लागि चौथो गोल गरेकी थिइन्।

पौडेल खेलको ६४ औं मिनेटमा कप्तान निरु थापाको स्थानमा मैदान प्रवेश गरेकी थिइन्। आफ्नो तेश्रो अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा पौडेल पहिलो गोल गर्न सफल भइन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले नेपालको लक्ष्य उपाधि रहेको बताए। नेपालले दोस्रो सेमिफाइनलको विजेतासँग शुक्रबार फाइनल खेल्नेछ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रोयल च्यालेन्जर बैंगलोरद्वारा पञ्जाबविरुद्ध महत्वपूर्ण जित हासिल

Read More →