Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र भारत भिड्ने

६ चैत,   खबरमञ्च,   at 6:42 PM

By   /  March 20, 2019  /  Comments Off on साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र भारत भिड्ने

    Print       Email

विराटनगर । पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् ।

विराटनगरमा जारी प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले श्रीलंकालाई र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त तय गरेका हुन् ।

बुधबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै नेपाल चौथोपटक फाइनलमा पुगेको हो ।

नेपालको जितमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक/एक गोल गरे । पुनमले खेलको ४२औं, अनिताले ७३औं, सावित्राले ८२औं र रेखाले ८५औं मिनेटमा गोल गरेका हुन् ।

पहिलो उपाधिको खोजीमा रहेको नेपालले यसअघि समूह चरणमा भुटान र बंगलादेशलाई समान ३–० ले पराजित गरेको थियो ।

नेपाल–भारतबीच चौथोपटक उपाधि भिडन्त

नेपालले अब उपाधिका लागि शुक्रबार भारतसित खेल्नेछ ।

बुधबारै भएको दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशलाई ४–० ले नै पराजित गर्दै फाइनलमा ठाउँ बनाएको हो ।

समूह चरणमा भारतले माल्दिभ्सलाई ६–० ले र श्रीलंकालाई ५–० ले हराएको थियो ।

नेपाल र भारतबीच चौथोपटक उपाधि भिडन्त हुन लागेको हो । तीनैपटक भारतले नेपाललाई हराएको छ ।

गत संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।

जारी भिडन्तमा नेपालले तीन खेलमा १० तथा भारतले १५ गोल गरेको छ । दुवै टिमले गोल खाएका छैनन् ।

गत महिना भारतमा भएको हिरो गोल्डकप फुटबलमा नेपालले भारतलाई २–१ ले हराएकाले फाइनल भिडन्त रोचक हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रोयल च्यालेन्जर बैंगलोरद्वारा पञ्जाबविरुद्ध महत्वपूर्ण जित हासिल

Read More →