Loading...
You are here:  Home  >  समाज  >  Current Article

जलथलको जंगलमा लगाइने विद्युतीय तारवारको अगुवाइ सांसद राजेन्द्र लिङदेनले गर्दै

४ बैशाख,   खबरमञ्च,   at 2:08 PM

By   /  April 17, 2019  /  Comments Off on जलथलको जंगलमा लगाइने विद्युतीय तारवारको अगुवाइ सांसद राजेन्द्र लिङदेनले गर्दै

    Print       Email

विर्तामोड । झापा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनको पहलमा हल्दीबारी तथा कचनकवल गाउँपालिका क्षेत्रमा पर्ने जलथलको चारकोसे जंगलमा विद्युतीय तारवार लगाइने भएको छ।

जंगली हात्ती जंगलबाट निस्केर मानव बस्तीमा पसी जन धनको क्षति गर्न थालेपछि त्यस जंगलमा विद्युतीय तारवार लगाउने निर्णय गरिएको हो।

जंगली हात्तीका लागि करिडोर निर्माण गर्न तारवार लगाउन लागिएको हो। तारवार गरिने भएपछि जंगली हात्ती जंगलभित्रै सीमित हुने आशा स्थानीयबासीले गरेका छन्।

प्रकृति संरक्षण कोषमार्फत खर्च गर्ने गरि नेपाल सरकारको ६ करोड रुपैयाँको लागतमा जलथल चारकोशे जंगल क्षेत्रको करीब ४१ किलोमिटर क्षेत्रमा तारवार गर्न लागिएको सांसद लिङदेनले जानकारी दिए।

उनले भने, ‘खासगरि जंगली जनावर र मानववीच द्वन्द्व न्यूनीकरणका लागि झापामा खर्च गर्ने भनेर कार्यक्रम ल्याइएको हो। तर जलथलकै जंगलबाट तारवार लगाउन सुरु गरिएको हो। त्यस क्षेत्रमा जंगली हात्ती दुःख दिइरहेका छन्।’

यही कुरा उनले संसदमा पनि पटक पटक उठाउँदै आएका थिए।

उनका अनुसार हल्दिबारी गाउँपालिकाका वडा नं ३, ४, ५ र कचनकवल गाउँपालिकाका वडा नं १, ६ र ७ मा विद्युतीय तारवार गरिनेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जितेन्द्र आयोगको सिफारिसमा नागरिकता लिनेका सन्तानलाई नागरिकता नदिन सर्वोच्चको आदेश

Read More →