Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सांसद निरौला खरेलले संघीय संसदमा उठाइन् विर्तामोड बम काण्डको सवाल

२८ साउन,   खबरमञ्च,   at 1:47 PM

By   /  August 13, 2019  /  Comments Off on सांसद निरौला खरेलले संघीय संसदमा उठाइन् विर्तामोड बम काण्डको सवाल

    Print       Email

काठमाडौं । झापाकाे विर्तामाेड नगरपालिकाकाे गरामनीस्थित वडा नं ७, ८ र ९ को संयुक्त वडा कार्यालयमा साेमबार भएकाे बम विस्फाेटकाे घट्नाले संघीय संसदमा प्रवेश पाएकाे छ ।

झापा क्षेत्र नं २ की प्रतिनिधिसभा सांसद पवित्रा निराैला खरेलले मंगलबारकाे संसदकाे शून्य समयमा उक्त कुरा उठाएकी हुन् ।

संयुक्त वडा कार्यालयमा अपराधिक समूहद्वारा बम विस्फाेट गराएकाे घट्नाले शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठाएकाे उनले बताइन् ।

उनले भनिन्,” बम विस्फाेटकाट वडा कार्यालयमा ठूलाे क्षति भएकाे छ, फर्निचरहरु नस्ट भएका छन्, भित्ताहरु भत्किएका छन्, त्यसैले यस्ताे घट्ना घटाउनेकाे तुरुन्त पहिचान गरि कारवाही गरियाेस् र शान्ति सुरक्षाकाे व्यवस्था मजबुद बनाइयाेस् ।”

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

द्वन्द्वको घाउ निको हुन अझै केही समय लाग्छः राष्ट्रपति भण्डारी

Read More →