Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

सांसदद्वारा बुद्ध एयरको काउन्टर तोडफोड, कारवाही नभए उडान ठप्प पार्ने चेतावनी

२७ असोज,   खबरमञ्च,   at 7:06 PM

By   /  October 14, 2019  /  Comments Off on सांसदद्वारा बुद्ध एयरको काउन्टर तोडफोड, कारवाही नभए उडान ठप्प पार्ने चेतावनी

    Print       Email

काठमाडौं । वायुसेवा संचालक संघले जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने सांसदलाई कारबाही नगरे निजी उठानहरु ठप्प पार्ने चेतावनी दिएको छ ।

संघले विज्ञप्ति जारी गर्दै विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद शाहमाथि कारवाही गर्न सरकारलाई ७ दिने अल्टिमेटम दिएको छ । घटनाको निस्पक्ष छानविन गरी दोषीमाथि तत्काल कारबाही गर्न संघको माग छ ।

उक्त समयावधिभित्र पनि कुनै कारबाही नभए जनकपुरमा भइरहेको सम्पूर्ण उडान बन्द गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सर्लाही १ का सांसद साहले सामेबार बुद्ध एयरको जहाज उडानमा ढिलाइ भएको भन्दै बिमानस्थलमा रहेको बुद्ध एयरको चेकइन काउन्टरमा तोडफोड गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ निलम्बन

Read More →