Loading...
You are here:  Home  >  समाज  >  Current Article

सांसदको मागः एसिड आक्रमण गर्नेलाई मृत्युदण्डको सजाय

२२ भदाै,   खबरमञ्च डेस्क,   at 5:19 PM

By   /  September 8, 2019  /  Comments Off on सांसदको मागः एसिड आक्रमण गर्नेलाई मृत्युदण्डको सजाय

    Print       Email

 

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाका सांसदहरुले किशोरीमाथि एसिड आक्रमणका घटना बढ्दै गएको भन्दै कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सत्ता र प्रतिपक्ष दुवै तफैका सांसदहरुले एसिड आक्रमणका घटना नियन्त्रण गरि महिलाको सुरक्षाका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गर्राए । उनीहरुले विद्यमान कानूनमै छिद्र भएको भन्दै कानून संशोधन गरेर भएपनि दोषी माथि कडा कारवाही गर्न माग गरे ।

भदौ २० गते शुक्रबार बिहान विद्यालय जादै गर्दा विरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ बर्षिया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो ।

उनको अहिले काठमाण्डौको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । नेकपा सांसद जुलीकुमारी महतोले महिलाको सुरक्षाका लागि थप संवेदनशील बन्दै दोषीलाई पक्राउ गरि कडा कारबाही गर्न माग गरिन् ।

सांसद महतोले भनिन् “महिलाको सुरक्षाको लागि कडा कानुन ल्याउन आवश्यक छ । प्रदेश २ मा छोरीमाथि एसिड आक्रमणका घटना धेरै पटक भएकाले रोक्न कडा कदम चाल्नुपर्ने जरुरी छ । प्रदेश २ को सरकारले बेटी बढाउ बेटी जोगाउ अभियान जोडतोडले लागु गरेको छ । बेटी नै बाचेनन् भने पढाई वेटी जोगाउ अभियानको औचित्य हुने छैन ।”

कांग्रेस सांसद उमा रेग्मी र नेकपा सांसद पुष्पाकुमारी कर्णले एसिड आक्रमणको घट्नामा जरिवाना र कैदले मात्र नपुग्ने भन्दै कानुनमा पनि संशोधन गरेर भएपनि दोषीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने माग गरे ।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले एसिड आक्रमणमा परेकी किशोरीले यसको पीडा बाँचुन्जेल भोग्नुपर्ने भएकाले आक्रमणमा संलग्नलाई पनि बाचुन्जेल जेलमा राख्नुपर्ने माग गरे ।

उनले एसिड किनबेचमा पनि कडाइ गर्न पनि माग गरेका छन् । ‘नागरिकता राखेर वा परिचय पत्र राखेर मात्र एसिड देओस्’ सांसद यादवले भने । ‘नेपाल सरकारले पैसाको व्यवस्था गरेर वा अस्पतालमा पत्र लेखेर मुस्कानको इलाजको जिम्मा लेओस्’ सांसद यादवले भने ।

यस्तै अन्य सांसदहरुले एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनको निशुल्क उपचारको व्यवस्था गरी दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद नरमाया ढकालले एसिड आक्रमणको घटनाको भत्र्सना गर्दै दोषिलाई नियन्त्रणमा लिई तत्काल कानुनी कारबाही गर्न माग गरिन् ।

सांसद पार्वता डिसी चौधरी मुस्कान खातुनको सम्पूर्ण उपचार खर्च व्यहोर्दै दोषीलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद पुष्पा कुमारी कर्ण कायस्थले कहिले सम्म बालिकाले असुरक्षित जीवन जीउन बाध्य हुने भन्दै कानुन संसोधन गरेर भएपनि एसिड आक्रमण गर्ने दोषीलाई मृत्यु दण्डको व्यवस्था गर्न माग गरिन् ।

सांसद पार्वती कुमारी विशुंखे, प्रमिला राई लगायत सांसदहरुले एसिड आक्रमणको घटनाको भत्र्सना गर्दै घटनाका दोषीलाई कडा कारबाही गर्दै भविश्यमा यस्ता घटना दोहोरिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

के हुन्छ कारबाही

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १९३ मा तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने उल्लेख छ ।

यसरी कसूर गर्ने व्यक्तिलाई कसूरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पु¥याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना हुने उल्लेख छ ।

र जरिबाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनु पर्नेछ पनि उक्त ऐनमा उल्लेख छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पक्राउ परेका विप्लव समूहका तीन कार्यकर्ता सार्वजनिक, प्रहरी भन्छ-दशैं अघि अर्को दुर्घटना हुन सक्थ्यो

Read More →