Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

सहकारीले कर्जा लगानी गर्दा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

१७ साउन,   खबरमञ्च,   at 3:24 PM

By   /  August 2, 2019  /  Comments Off on सहकारीले कर्जा लगानी गर्दा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

    Print       Email

काठमाडौं । सहकारी संस्थाहरुको ब्याजदर सीमा तोकिएको छ । सहकारी विभागले साउन १९ गतेदेखि लागू हुने गरी सहकारी संस्थाको ब्याजदर सीमा तोकिएको हो ।

ब्याजदर निर्धारण समितिको सिफारिसमा सहकारीले कर्जा लगानी गर्दा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । त्यस्तै बचत तथा कर्जाको ब्याजदर अन्तर ६ प्रतिशतभन्दा बढी हुन नहुने उल्लेख गरिएको छ ।

उक्त ब्याजदर प्रत्येक ३–३ महिनामा पुनरावलोकन हुनुपर्ने छ । यो ब्याजदर साउन १९ गतेबाट देशभरका सहकारीमा लागू हुने सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले जानकारी दिए ।

निक्षेपमा न्यूनतम १० प्रतिशत ब्याज दिनुपर्नेछ भने ऋणीबाट बढीमा १६ प्रतिशत ब्याज लिन पाउने विभागले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विदेशमा गैरकानूनी लगानी गरेको पाइए त्यस्ताे सम्पत्ति जफत हुन्छः अर्थमन्त्री खतिवडा

Read More →