Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

सर्वोच्चले भन्योः एनसेल खरिद बिक्रीको लाभकर ३ महिनाभित्र असुल गर्नु

२६ चैत,    at 5:26 PM

By   /  April 9, 2019  /  Comments Off on सर्वोच्चले भन्योः एनसेल खरिद बिक्रीको लाभकर ३ महिनाभित्र असुल गर्नु

    Print       Email

 

सर्वोच्च अदालतले एनसेल खरिद बिक्री प्रकरणको लाभकर ३ महिनाभित्र असुल गर्न परमादेश दिएको छ।

 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशले कर असुली गर्न गत माघ २३ मा दिएको परमादेशको पूर्ण पाठ आज सार्वजनिक भएको हो ।

जसमा एनसेल बिक्रीमा पूँजीगत लाभकर यसको पुरानो स्वामित्व भएको टेलियासोनेराबाट नभई उसबाट कम्पनी किनेको एक्जियटाबाट असुल्न भनिएको छ।

लाभकरको दायित्व निर्वाह नगरेसम्म एनसेललाई लाभांश वितरण र शेयर बिक्रीको अनुमति नदिन पनि सर्वोच्चले आदेश दिएको छ ।

 

‘करको दायित्व निर्वाह नगरेसम्म कसैलाई पनि लाभांश वितरण र शेयर बिक्रीको अनुमति नदिनु नदिलाउनु भनी विपक्षीहरुका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ ।’ सर्वोच्चको आदेशमा भनिएको छ ।

 

स्वीडेनको टेलिया सोनेरा कम्पनीले २०७२ पुस ७ गते एनसेलको ८० प्रतिशत सेयर मलेसियाको एक्जिएटा कम्पनीलाई बेचेको थियो। जस अनुसार,एनसेल खरिदविक्रीमा नेपाल सरकारलाई उसले ६० अर्ब ७१ करोड कर तिर्न बाँकी छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालको पहिलो भूउपग्रह (नानो स्याटलाइट) अन्तरिक्षमा प्रक्षेपण

Read More →