Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सर्वोच्चमा न्यायाधीश दीपकराज जोशीको हाजिर गर्नेबाहेक सबै भूमिका समाप्त

१९ पुस,   खबरमञ्च,   at 7:45 PM

By   /  January 3, 2019  /  Comments Off on सर्वोच्चमा न्यायाधीश दीपकराज जोशीको हाजिर गर्नेबाहेक सबै भूमिका समाप्त

    Print       Email

काठमाडौं ।  न्यायाधीश दीपकराज जोशीले अब सर्वोच्च अदालतमा हाजिर गर्नेबाहेक अन्य भूमिका नपाउने भएका छन्।

आज बसेको न्यायपरिषदको बैठकमा उनलाई सामेल गराइएन भने उनले निर्वाह गर्दै आएको वरिष्ठ न्यायधीशको पद पनि खोसुवामा परिसकेको छ।

आज बसेको न्यायपरिषदको बैठकले संवैधानिक इजलास पुनर्गठन गरेको छ। जसअनुसार प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराका अतिरिक्त न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की संवैधानिक इजलासमा रहने भएका हुन्।

मेलमिलाप परिषदको अध्यक्ष रहेका न्यायाधीश दीपकराज जोशीलाई त्यसबाट पनि अलग गराउने निर्णय न्यायपरिषदले गरेको छ।

जोशीलाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाले प्रतिस्थापन गर्नेगरी सिफारिस गर्न निर्णय भएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अब उपनाम राखेर पनि नागरिकता लिन पाइने

Read More →