Loading...
You are here:  Home  >  समाज  >  Current Article

सर्वोच्चद्वारा ८० न्यायाधीश नियुक्तिविरूद्ध परेको रिट खारेज

२९ चैत,   खबरमञ्च,   at 3:27 PM

By   /  April 12, 2019  /  Comments Off on सर्वोच्चद्वारा ८० न्यायाधीश नियुक्तिविरूद्ध परेको रिट खारेज

    Print       Email

 

काठमाडौं । सर्वोच्च अदालतले २ वर्षअघि उच्च अदालतमा गरिएको ८० न्यायाधीश नियुक्ति विरूद्ध परेको रिट खारेज गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक इजालसले ८० जना न्यायाधीशलाई वैधता दिँदै रिट खारेज गरेको हो ।

तत्कालीन प्रधान्यायाधीश सुशीला कार्की नेतृत्वको न्यायपरिषद्ले सिफारिस गरी भएको नियुक्तिविरूद्ध २ नायव महान्यायाधीवक्ता र २ सहन्यायाधीवक्ताले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

न्यायपरिषद् बैठकले न्याय प्रशासन, कानून सेवा, सरकारी वकिल, कानून व्यवसायी र पुनरावेदन अदालतबाट यसअघि अवकाशप्राप्त अतिरिक्त न्यायाधीश गरी ८० जनालाई २०७३ पुस २८ गते उच्च अदालतको न्यायाधीश नियुक्त गरेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जितेन्द्र आयोगको सिफारिसमा नागरिकता लिनेका सन्तानलाई नागरिकता नदिन सर्वोच्चको आदेश

Read More →