Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

सरकारसंग रिसाएकाे पत्रकार महासंघले गर्याे विज्ञापन सम्बन्धि विधेयककाे स्वागत

१० असार,   खबरमञ्च,   at 10:56 PM

By   /  June 25, 2019  /  Comments Off on सरकारसंग रिसाएकाे पत्रकार महासंघले गर्याे विज्ञापन सम्बन्धि विधेयककाे स्वागत

    Print       Email

काठमाडाैं ।   मिडिया काउन्सिल विधेयकलाई लिएर सरकारविरुद्ध आन्दाेलनमा हाेमिएकाे नेपाल पत्रकार महासंघले विज्ञापन विधेयककाे भने खुलेर स्वागत गरेकाे छ ।

महासंघका  महासचिव रमेश विष्टले मंगलबार एक विज्ञप्ती जारी गर्दै विज्ञापन विधेयकमा भएकाे क्लिन फिडकाे व्यवस्थालाई सकारात्मक भन्दै विधेयककाे स्वागत गरेका छन् ।

” सरकारको आमसञ्चार नीति र पत्रकार महासंघले विभिन्न चरणमा अघि सारेको मागपत्र तथा पारित दस्तावेजहरुमा क्लिन फिड व्यवस्था लागु गर्ने विषय उच्च प्राथामिकतामा रहँदै आएको थियो, क्लिन फिडले नेपाली सञ्चार माध्यमहरुको दिगो विकासमा महत्वपूर्ण सहयोग पुग्छ भन्ने महासंघको विश्वास छ । विज्ञापन विधेयकमा क्लिन फिड व्यवस्थागरि लागु गर्ने दृढता प्रर्दशन गरेकोमा महासंघ सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ,” विज्ञप्तीमा भनिएकाे छ ।

मिडिया काउन्सिल र सूचना प्रविधि विधेयक फिर्ता लिन आग्रह

महासंघले विज्ञप्तीमार्फत मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयक फिर्ता लिन पनि सरकारसंग माग गरेकाे छ । उक्त विधेयकहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने भन्दै विधेयक फिर्ता लिई सरोकारवालाहरुसंग छलफल गरेरमात्र ल्याउन भन्दै महासंघले गरिरहेकाे आन्दोलन जारी रहने पनि भनिएकाे छ ।

“महासंघ आन्दोलनरत पक्षसंग वार्ता र सम्वादको माध्यमबाट समस्या समाधान गर्न सरकारसंग पुनः आग्रह गर्दछ, साथै महासंघको घोषित आन्दोलनहरुमा सक्रिय सहभागि हुन आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघसंस्था, पेशाकर्मी नागरिक समाज र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुसंग हार्दिक आव्हान गर्दछ,” विज्ञप्तीमा भनिएकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

इन्स्टाग्राममा अब भिडियो तथा तस्वीरमा लाइकको संख्या नदेखिने

Read More →