Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

सरकार भन्छ: डेंगुबाट ५ हजार बढी संक्रमित छन् तर आपतकालिक अवस्था घाेषणा गर्नु पर्दैन

१ असाेज,   खबरमञ्च,   at 2:19 PM

By   /  September 18, 2019  /  Comments Off on सरकार भन्छ: डेंगुबाट ५ हजार बढी संक्रमित छन् तर आपतकालिक अवस्था घाेषणा गर्नु पर्दैन

    Print       Email

काठमाडौं । यस वर्ष नेपालमा ५ हजार ९५ जनालाई डेंगु संक्रमण देखिएको सरकारी तथ्याङ्क छ । प्रतिनिधिसभाकाे   आजको बैठकमा डेंगु संक्रमण सम्बन्धि सार्वजनिक महत्वको विषयमा सदनलाई जानकारी गराउँदै उक्त तथ्याङ्क दिएका हुन् ।

‘२०६१ मा चितवनमा पहिलोपटक देखिएको डेंगु हाल ५६ जिल्लामा फैलिएको छ। साउन १ देखि भदौ २३ सम्मको उपलब्ध जानकारी अनुसार हालसम्म विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको छ भने ५ हजार ९५ जनामा डेंगु संक्रमण देखिएको छ,” उनले भने।

संसदमा अावाज उठेजस्ताे आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था भने नभएको पनि उनले बताए।

नेपाल डेंगु नियन्त्रण गर्न सक्षम रहेकोले पनि आपत्कालीन अवस्था नरहेको उनको दाबी थियो। उनले डेंगु नियन्त्रणमा किट त्यति प्रभावकारी नभएको बताए।

मन्त्री यादवले नेपालले लामखुट्टेबाट सार्ने रोग औंलो र जापानिज इन्सेफ्लाईटिसजस्ता रोगसमेत नियन्त्रणमा ल्याएको उल्लेख गर्दै डेंगुका लागि निर्दिष्ट औषधि नबनिसकेको बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अब बच्चाको टालिएको मलद्वारदेखि फुटेको आन्द्रासम्मको उपचार नेपालमै

Read More →