Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक विदा नदिने

२६ पुस,   खबरमञ्च,   at 5:23 PM

By   /  January 10, 2019  /  Comments Off on सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक विदा नदिने

    Print       Email

काठमाडौं । सरकारले पृथ्वी जयन्ति तथा ‘राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक विदा नदिने प्रष्ट पारेको छ ।

शुक्रबार परेकाेे राष्ट्रिय एकता दिवस मनाउन कुनै विदा नचाहिनेे भन्दै सरकारका प्रवक्ता गाेकुल बाँस्काेटाले   सार्वजनिक विदा नदिने प्रष्टाएका हुन् ।

विहीवार मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्काेटाले भोलि सार्वजनिक विदा नभएको प्रष्ट पारे ।

उनले भने, ‘राष्ट्रिय एकताका लागि विदा दिनु पर्दैन । यो मनाएर दर्शाउने हो, यसका लागि विदा आवश्यक पर्दैन ।’

तर राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्र एकता जस्ताे महत्वपूर्ण दिनमा सरकारले सार्वजनिक विदा दिनु पर्ने माग गर्दै आएकाे छ ।

” एकीकरणमा कुनै व्यक्तिकाे मात्र भूमिका हुँदैन, त्याे त जनताकाे साथ सहयाेग र चेतनाले पनि सम्भव भएकाे हाे, ” उनले भने ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राप्रपाकाे मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, थापाकाे संयाेजकत्वमा बन्याे मूल आयाेजक समिति

Read More →