Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

सरकारलाई चिकित्सक संघको ७२ घन्टे अल्टिमेटम

2019/04/11,    at 7:15 PM

By   /  April 11, 2019  /  Comments Off on सरकारलाई चिकित्सक संघको ७२ घन्टे अल्टिमेटम

    Print       Email

 

काठमाडौं । नेपाल चिकित्सक संघले सरकारी चिकित्सकका माग संवोधनका लागि सरकारलाई ७२ घन्टाको अल्टिमेटम दिएको छ ।

संघले आज पत्रकार सम्मेलन गरि वार्ता र संवादको माध्यमबाट ७२ घन्टाभित्र समस्याको समाधान निकाल्न सरकारसँग माग गरेको हो।

‘शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका चिकित्सकहरुलाई नै प्रहरी लगाई धरपकड गर्ने र चिकित्सकहरुलाई चिढ्याउने सरकारी सेवाप्रति वितृष्णा पैदा गर्ने कार्य गरेको नेपाल चिकित्सक संघको ठहर छ,’ संघको विज्ञप्तिमा उल्लेख छ।

संघले ७२ घण्टामा पनि समाधान ननिकाले देशैभर कडा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी पनि दिएको छ ।

आफूहरुलाई संघीय सरकार मातहत राखेर समायोजन गर्नु पर्ने भन्दै सरकारी चिकित्सकले सेवानै बहिस्कार गरेर आन्दोलन गरिरहेका छन् । सोही विषयलाई लिएर संघले आज बृहद बैठक बोलाएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा एचआइभीका कारण एक दशकमा ३५ जनाको मृत्यु

Read More →