
काठमाडौँ । सम्पत्ति शुद्धिकरण विभागले चितवनको चितवन मेडिकल कलेज, वीरगञ्जको नेशनल मेडिकल कलेज र विराटनगरको नोबेल मेडिकल कलेजमा छापा मारेको छ।
विभागले आइतबार एकैपटक तीनवटा मेडिकल कलेजमा छापा हानेको हो।
सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न दिएको निर्देशन मेडिकल कलेजहरुले अटेरी गरेपछि मेडिकल कलेजका विद्यालीहरु आन्दोलित छन्।
उपत्यका बाहिरका मेडिकल कलेजका विद्यार्थीहरु पनि केही समयअघिदेखि काठमाडाैँमा आन्दोलनरत छन्।
मेडिकल कलेजका विद्यार्थीहरु चिकित्सा शिक्षा संघर्ष समितिसमेत गठन गरेर आन्दोलनमा होमिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एक कार्यक्रममा बाेल्दै मेडिकल कलेजहरुले विद्यार्थीसँग असुलेकाे बढी शुल्क फिर्ता गराउने बताए लगत्तै आइतबार विभागले छापा हानेर मेडिकल कलेजबाट केही महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ।