Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

दशैंकाे अवसरमा प्रधानमन्त्रीकाे शुभकामनाः गच्छे हेरेर दशैं मनाउनुहाेला

२१ असोज,   खबरमञ्च,   at 8:02 AM

By   /  October 8, 2019  /  Comments Off on दशैंकाे अवसरमा प्रधानमन्त्रीकाे शुभकामनाः गच्छे हेरेर दशैं मनाउनुहाेला

    Print       Email

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिसँगै सभ्य र सुसंस्कृत समाज निर्माणमा सबै अग्रसर हुनुपर्ने बताएका छन्। वडादशैंको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले नेपालीहरु राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा रहेको स्मरण गराएका छन् ।

“यस यात्रामा हामीले समृद्धिसँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रुपमा विकास पनि गर्नुछ । यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ  ” प्रधानमन्त्री भनेका छन् “हामी समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रि«य आकांक्षा पूरा गर्ने अभियानका छौँ । यस अभियानमा यो दशैंले हामी सबैमा प्रेरणा पनि दिन सकोस् ।”

प्रधानमन्त्री ओलीले दशैं  मनाइरहँदा स्वास्थ्य, मित्रता,सामाजिक शान्तिलाई विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

सन्देशमा प्रधानमन्त्री ओलीले चाडपर्वमा आफूले गर्ने व्यवहारका कारण कसैलाई पनि प्रतिकूल असर पार्नु नहुने कुरामा बिशेष जोड दिएका छन् ।

“ छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने, परिवार, छिमेक र आफन्तमा आपसमा स्नेह, माया ममता र सद्भाव फैलियोस् भन्ने तर्फ सबैको ध्यान हुनु जरुरी छ “ यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् र जान सकोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ ।”

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्थमन्त्री खतिवडाका कारण प्रधानमन्त्रीलाई अप्ठ्यारोः गगन थापा

Read More →