Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

समाजवादी पार्टीकी नेतृ हिसिला यमी स्कुटर दुर्घटनामा घाइते

२३ भदौ,   खबरमञ्च,   at 11:53 AM

By   /  September 9, 2019  /  Comments Off on समाजवादी पार्टीकी नेतृ हिसिला यमी स्कुटर दुर्घटनामा घाइते

    Print       Email

काठमाडौं । समाजवादी पार्टीकी नेतृ हिसिला यमी स्कुटर दुर्घटनामा घाइते भएकी छन् । ललितपुरको ग्वार्कोमा मोटरसाइकलले ठक्कर दिएपछि हिसिला घाइते भएकी हुन् ।

उनलाई नजिकै रहेको बीएण्डबी अस्पतालमा उपचार गरिएको र अवस्था सामान्य रहेको समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

शरीरमा घाउ चोट नदेखिए पनि टाउकोमा असर परेको चिकित्सकहरुले अनुमान गरेका थिए । यद्यपि उनी विस्तारै सामान्य अवस्थामा फर्किइसकेको पाण्डेको भनाइ छ ।

उनी पार्टी कार्यालयमा आइतबार दिउँसो एक बजे आयोजित बैठकमा सहभागी हुन जाँदै गर्दा दुर्घटनामा परेकी हुन् । स्कुटर हिसिलाकी सहयोगी एक जना युवतीले चलाएकी थिइन् । प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पक्राउ परेका विप्लव समूहका तीन कार्यकर्ता सार्वजनिक, प्रहरी भन्छ-दशैं अघि अर्को दुर्घटना हुन सक्थ्यो

Read More →