Loading...
You are here:  Home  >  छापामा  >  Current Article

समाचार लेखेको भन्दै ‘पक्राउ पूर्जी’

२४ पुस,   खबरमञ्च,   at 7:40 AM

By   /  January 8, 2018  /  Comments Off on समाचार लेखेको भन्दै ‘पक्राउ पूर्जी’

    Print       Email

काठमाडौं । डीआईजीहरूको विवादास्पद कार्यसम्पादन मूल्यांकन प्रकाशित गरेको विषयमा महानगरीय प्रहरी परिसर काठमाडौंले तीनजना पत्रकारलाई ‘पक्राउ पुर्जी’ जारी गरेको छ ।

परिसरका अनुसन्धान अधिकृत बेलबहादुर पाण्डेले सुशासन अनलाइन, शुभदिन र मूलधारन्युज अनलाइनलाई ‘सम्पादकलाई अविलम्ब यस कार्यालयमा उपस्थित गराउन’ भन्दै पत्र काटेका हुन् । सुशासन अनलाइनबाहेकका दुईले भने पत्र बुझेका छैनन् ।

कार्यसम्पादन मूल्यांकनको समाचार प्रकाशित भएका बेला शुभदिनमा खिलानाथ ढकाल सम्पादक थिए भने हाल अशोक अधिकारी सम्पादक छन् । सुशासन अनलाइनमा उत्तम अर्याल र मूलधारन्युजमा रवि धामी सम्पादक छन् । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बस दुर्घटनामा ३४ यात्रु घाइते

Read More →