Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

समन्वयको अभावमा काम गर्न समस्या

१३ फागुन,   खबरमञ्च,   at 5:32 PM

By   /  February 25, 2019  /  Comments Off on समन्वयको अभावमा काम गर्न समस्या

    Print       Email

विदुर — प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभावमा काम गर्न समस्या भएको बताएका छन् । नुवाकोट सदरमुकाम विदुरमा नेकपा नुवाकोटले सोमबार आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उनले संघले कर्मचारी नपठाउँदा प्रदेश सरकार बेकाम्मे बनेको आरोप लगाए ।

तीन वटा सरकारबीच समन्वय हुन नसक्दा सरकारले निर्धारण गरेको लक्ष्य हासिल गर्न नसकिएको दाबी गर्दै मुख्यमन्त्री पौडेलले योजना निर्माण गर्दा प्राथमिकीकरण हुन नसकेकाले स्थानीय तहको योजना प्रभावकारीनभएको बताए ।

सङ्घीय लोकतन्त्र संस्थागत गर्न मुलुकमा कर्मचारीतन्त्रमा समस्या रहेको बताउँदै मुख्यमन्त्री पौडेलले कर्मचारीतन्त्रकै कारण सङ्घीयता कार्यान्वयनमा समस्या भएको बताए । कर्मचारी नहुँदा प्रदेश सरकारले सञ्चालन गरेका योजना कार्यान्वयनमा समस्या भएको उनले बताए ।

सांसद नारायणप्रसाद खतिवडाले नुवाकोटको आर्थिक तथा सामाजिक विकासमा योगदान दिने खालका योजना छनोट गर्न प्रदेश सरकारको ध्यान जानुपर्ने बताएका थिए ।

कार्यक्रममा स्थानीय तहका प्रमुख एवं जनप्रतिनिधिले आफ्नो पालिकामा परेका समस्या र प्रदेश सरकारको भूमिकाको बारेमा प्रश्न गरेका थिए । कार्यक्रममा सहभागीले पार्टीको घोषणापत्र र अहिलेका जनप्रतिनिधिले सञ्चालन गरेका कार्यक्रमबीच तालमेल हुन नसकेको, जनप्रतिनिधि आफूखुशी चल्ने गरेको, जनअपेक्षाअनुसार नीति तथा कार्यक्रम तय हुन नसकेको, पार्टी सङ्गठनबीच समन्वय नहुँदा दुई तिहाइको सरकारको आभास नागरिकले गर्न नसकेको गुनासो गरेका थिए ।
प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रदेश ५ ले पनि दियाे इदकाे अवसरमा सार्वजनिक विदा

Read More →