Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

सबै खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने विकेट लिन सफल

१७ पुस,   खबरमञ्च,   at 8:04 PM

By   /  January 1, 2019  /  Comments Off on सबै खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने विकेट लिन सफल

    Print       Email

काठमाडौं । अष्ट्रेलियाको बिग बास ट्वेन्टी–२० क्रिकेट लिगका अहिलेसम्मका सबै खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने विकेट लिन सफल भएका छन् ।

मंगलबारको चौथो खेलमा पनि मेलबर्न स्टार्सका सन्दीपले विकेट लिए ।

यसअघिका खेलका तुलनामा उनले मेलबर्न रेनेगेड्सविरुद्ध कम विकेट लिएका हुन् । उनले एक विकेटमात्र झारे ।

खेलमा पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा ९ विकेटको क्षतिमा १४८ रन बनायो ।

डानियल क्रिस्टियनले सर्वाधिक ३२ रन बनाएको इनिङ्समा अलराउन्डर डयाने ब्राभोले सर्वाधिक ३ विकेट लिए ।

सन्दीपले भने ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । सन्दीपले कप्तान टम कुपरलाई ‘बोल्डआउट’ गरेका थिए ।

जारी प्रतियोगितामा सन्दीपले अहिलेसम्म ८ विकेट लिइसकेका छन् ।

स्टार्स ४ अंकबाट तेस्रो स्थानमा

आक्रामक ब्याटिङ गरेको सन्दीपको स्टार्सले खेल १३ बल खेल्न बाँकी छँदै ७ विकेटले जित्यो ।

मार्कस स्टोइनिसले ४९ बलमा अविजित ७८ रन बनाएपछि स्टार्सले सहज जित निकालेको हो ।

जितसँगै स्टार्स ४ अंकबाट लिग तालिकाको तेस्रो स्थानमा पुगेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एन्फा अनियमितताबारे अख्तियारद्वारा छानबिन शुरु

Read More →