Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

सप्तरङ्ग–२ संगीत यात्रा कात्तिक २० गते झापाको बिर्तामोडबाट सुरु हुने

१५ असोज,   खबरमञ्च,   at 3:34 PM

By   /  October 2, 2019  /  Comments Off on सप्तरङ्ग–२ संगीत यात्रा कात्तिक २० गते झापाको बिर्तामोडबाट सुरु हुने

    Print       Email

विर्तामोड । सप्तरङ्ग–२ संगीत यात्रा यही कात्तिक २० गते झापाको बिर्तामोडबाट सुरु हुने भएको छ ।

आज बिर्तामोडमा पत्रकार सम्मलेन गर्दै ग्रीस्म ब्रोडकास्टिङका प्रवन्ध निर्देशक ग्रिहेन्द्र घिमिरेले घिमिरेले उक्त संगीत यात्राको आयोजना पर्यटन प्रवद्र्धन र समुन्नतिका लागि गरिएको बताए ।

ग्रीस्म ब्रोडकास्टिङले आयोजना गरेको उक्त संगीत यात्रामा कलाकारहरु राजेश हमाल, सुगम पोखरेल, मेलिना राई, हिमाल सागर, प्रकाश सपुत, जितु नेपाल र रवि ओड रहने प्रवन्ध निर्देशक घिमिरेले जानकारी दिए ।

उनले भने, ‘कलाकारिताको माध्यमबाट सबै प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि यो संगीत यात्रा आयोजना गरिएको हो ।’

संगीत यात्राका कार्यक्रम सबै प्रदेशका एक÷एक स्थानमा हुने जनाइएको छ । प्रदेश नं १ को विर्तामोड, प्रदेश नं २ को वीरगन्ज, प्रदेश नं ३ को चितवन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को नेपालगञ्ज, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को महेन्द्रनगरमा हुने छ ।

प्रवन्ध निर्देशक घिमिरेले भने, ‘देश संघीय संरचनामा गएपछि स्थापित प्रदेशहरुलाई दह्रो बनाउने यो कार्यक्रमको मुख्य उद्धेश्य हो ।’

संगीत यात्राको समापन मंसीर ४ हुने छ । सबै कार्यक्रमहरु सम्बन्धित प्रदेशका मुख्यमन्त्रीहरुले उद्घाटन गर्ने उनले बताए । प्रदेश नं १ को विर्तामोडमा हुने कार्यक्रमको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने उनले जानकारी दिए ।

उक्त कार्यक्रम हेर्न दर्शकका लागि कुनै शूल्क नलाग्ने उनको भनाइ छ । घिमिरेले भने, ‘हामीसंग आवद्ध भएका कम्पनीहरुले गरेको प्रायोजन तथा सहयोगबाट नै कलाकारहरुलाई पारीश्रमिक उपलब्ध गराउने व्यवस्था मिलाएका छौं ।’ उनले थपे, ‘तर, संगीत यात्राका कार्यक्रमहरुमा धुमपान र मध्यपानका विज्ञापन राखिने छैन ।’

प्रदेश नं १ को बिर्तामोडमा कात्तिक २० हुने कार्यक्रम पूर्व सुगम पेट्रोल पम्प नजिकको मैदानमा दिउँसो ३ बजेबाट सुरु हुने स्थानीय आयोजक विकास घिमिरेले जानकारी दिए ।

यो यात्रा दोस्रो संस्करण हो । गत साल पनि ग्रीस्म ब्रोडकास्टिङले सातै प्रदेश सोही किसिमको यात्रा आयोजना गरेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दुर्गेस थापाको गीत ‘ह्याप्पी तिहार’ प्रतिवन्ध, युट्युवबाट गीत हटाएपछि थापा छुटे

Read More →