Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

सप्तरंग संगीत यात्राका लागि महानायक राजेश हमाल झापामा, मुख्यमन्त्री राईले बुधबार उद्घाटन गर्ने

१९ कात्तिक,   खबरमञ्च,   at 8:06 PM

By   /  November 5, 2019  /  Comments Off on सप्तरंग संगीत यात्राका लागि महानायक राजेश हमाल झापामा, मुख्यमन्त्री राईले बुधबार उद्घाटन गर्ने

    Print       Email

झापा – सप्तरङ्ग संगीत यात्राका लागि नेपाली चलचित्र उद्योगका महानायक राजेश हमाल झापाको विर्तामोड आइपुगेका छन्। उनीसहित अन्य कलाकारहरु पनि बुधबार झापाको विर्तामोडबाट शुरु हुने संगीत यात्राका लागि झापाको विर्तामोड आइपुगेका छन्।

ग्रीस्म ब्रोडकास्टिङले आयोजना गरेको उक्त संगीत यात्रामा कलाकारहरु महानायक हमालसंगै कलाकारहरु सुगम पोखरेल, मेलिना राई, हिमाल सागर, प्रकाश सपुत, जितु नेपाल र रवि ओड झापा आएका हुन्।

ग्रीस्म ब्रोडकास्टिङका प्रवन्ध निर्देशक ग्रिहेन्द्र घिमिरेले उक्त संगीत यात्राको आयोजना पर्यटन प्रवर्द्धन र समुन्नतिका लागि गरिएको बताए।

उनले भने, ‘कलाकारिताको माध्यमबाट सबै प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि यो संगीत यात्रा आयोजना गरिएको हो।’

संगीत यात्राका कार्यक्रम सबै प्रदेशका एक-एक स्थानमा हुने उनले बताए। प्रदेश नं १ को विर्तामोड, प्रदेश नं २ को वीरगन्ज, प्रदेश नं ३ को चितवन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को नेपालगञ्ज, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को महेन्द्रनगरमा हुने उनले जानकारी दिए।

उनले भने, ‘देश संघीय संरचनामा गएपछि स्थापित प्रदेशहरुलाई दह्रो बनाउने यो कार्यक्रमको मुख्य उद्धेश्य हो।’

संगीत यात्राको समापन पोखरामा मंसीर ४ हुने घिमिरेले बताए। सबै कार्यक्रमहरु सम्बन्धित प्रदेशका मुख्यमन्त्रीहरुले उद्घाटन गर्ने उनले जानकारी दिए। प्रदेश नं १ को विर्तामोडमा हुने कार्यक्रमको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने उनले बताए।

उक्त कार्यक्रम हेर्न दर्शकका लागि कुनै शूल्क नलाग्ने उनको भनाइ थियो। घिमिरेले भने, ‘हामीसंग आवद्ध भएका कम्पनीहरुले गरेको प्रायोजन तथा सहयोगबाट नै कलाकारहरुलाई पारीश्रमिक उपलब्ध गराउने व्यवस्था मिलाएका छौं।’

तर संगीत यात्राका कार्यक्रमहरुमा धुमपान र मध्यपानका विज्ञापन नराखिने उनले बताए।

प्रदेश नं १ को विर्तामोडमा कात्तिक २० बुधबार हुने कार्यक्रम विर्तामोड मुक्तिचोक पूर्व सुगम पेट्रोल पम्प नजिकको मैदानमा दिउँसो ३ बजेबाट सुरु हुने स्थानीय आयोजक विकास घिमिरेले जानकारी दिए।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बहुविवाह मुद्दामा शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्याे

Read More →