Loading...
You are here:  Home  >  छापामा  >  Current Article

सनी लियोनी काठमाडौँ आउँदै

५ भदौ,   खबरमञ्च,   at 8:58 AM

By   /  August 22, 2019  /  Comments Off on सनी लियोनी काठमाडौँ आउँदै

    Print       Email

काठमाडौं । बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी नेपाल आउने भएकी छन्।

उनले आफू फिल्म पासवर्डको प्रिमियरका लागि नेपाल आउन लागेको भन्दै भिडियो सन्देश पठाएकी छन्। यो खबर आजको राजधानी दैनिकले छापेको छ।

सन्देशमा भनिएको छ, ‘नमस्ते नेपाल। म सनी लियोनी। मैले अभिनय गरेको नेपाली फिचर फिल्म पासवर्डको प्रमोस्नल इभेन्ट र प्रिमियरमा सहभागी हुन म सेप्टेम्बर ११ मा नेपाल आउँदै छु।’

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको यो फिल्मको ‘आजको साम…’ गीतमा यी अभिनेत्रीले निकै कामुक नृत्य प्रस्तुत गरेकी छन्।

यो गीतको भिडियो बनाउन ३ करोड खर्च भएको दावी निर्माण पक्षको छ।

फिल्मको प्रिमियर २५ भदौमा हुँदैछ। २७ भदौबाट मुलुकका सिनेमा हलमा फिल्म पासवर्ड लाग्दैछ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

६५ जिल्लामा फैलियो डेंगु, ८७ प्रतिशत नागरिकलाई थाहै छैन

Read More →