Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सञ्चारमन्त्रीले बाेलाए विप्लवलाई बार्तामा, भने- बिन्ती छ, वार्तामा आउनुस् !

३० फागुन,   खबरमञ्च,   at 10:18 PM

By   /  March 14, 2019  /  Comments Off on सञ्चारमन्त्रीले बाेलाए विप्लवलाई बार्तामा, भने- बिन्ती छ, वार्तामा आउनुस् !

    Print       Email

काठमाडाैं ।  प्रतिबन्ध लगाएकाे दुई दिनपछि सरकारले विप्लव नेतृत्वकाे नेकपालाई वार्तामा बाेलाउन चाहेकाे जनाएकाे छ ।

बिहीबार मन्त्रीपरिषदकाे निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गाेकुल बाँस्काेटाले आफूहरु छलफल र वार्तकाे पक्षधर भएकाले विप्लव समूह आए वार्ता गर्न तयार रहेकाे बताए ।

उनले चन्द समूह वार्तामा आए रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताए । ‘१० औंला जोडेरै बिन्ती छ, आउनुस्,’ उनले भने, ‘उहाँहरूले आपराधिक क्रियाकलापलाई निरन्तरता दिनुभयो भने राज्यले आफ्नो दायित्व निर्वाह गर्नेछ । हामी दुःखी हुन सक्छौं तर कर्तव्यच्युत हुन सक्दैनौं ।’

मन्ती बास्काेटाले पछिल्लाे समय विप्लव समूहका अपराधिक गतिविधि बढ्दै गएपछि प्रतिबन्ध लाउनु परेकाे पनि प्रष्टिकरण दिए । प्रचलित कानुनअनुसार विप्लव समूहलाई प्रतिबन्ध लगाइएकाे मन्त्री बास्काेटाकाे भनाइ थियाे ।

यसैबीच सरकारले सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन आह्वान पनि गरेको छ । मन्त्रिपरिषद् बैठकले गरेकाे निर्णय सुनाउँदै मन्त्री बाँस्काेटाले ३५ दिनभित्र हतियार बुझाए हतियार राखेवापत हुने सजाय मिनाह हुने पनि बताए ।

पछिल्लाे समय सरकारद्वारा प्रतिबन्धित विप्लव समूहबाट अवैध हतियार बरामद हुने क्रम तीब्र भएकाे छ । सरकारले उक्त समूहका गतिविधि प्रतिबन्ध लगाएसंगै हतियार बुझाउनु पनि अपिल गरेकाे हाे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

महसुस गर्ने गरी समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं : प्रधानमन्त्री ओली

Read More →