Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सचिव कुट्ने मन्त्रीलाई कारबाही गर्न कर्मचारीहरुको २४ घन्टे ‘अल्टिमेटम’

३० पुस,   खबरमञ्च,   at 8:02 PM

By   /  January 14, 2019  /  Comments Off on सचिव कुट्ने मन्त्रीलाई कारबाही गर्न कर्मचारीहरुको २४ घन्टे ‘अल्टिमेटम’

    Print       Email

जनकपुर । प्रदेश नम्बर–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झामाथि गरेको हातपातको विरोध गर्दै निजामती कर्मचारीसम्बद्ध संगठनहरुले मुख्यमन्त्री र धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

निजामती कर्मचारीहरुको अधिकारिक ट्रेड युनियन र अन्य संगठनहरुले सोमबार संयुक्तरुपमा मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेललाई ज्ञापनपत्र बुझाउँदै दोषीमाथि कारबाहीका लागि २४ घन्टाको ‘अल्टिमेटम’ दिएका हुन् ।

छानबिन समिति गठन

यसैबीच, सचिव झामाथि भएको कुटपिटको छानबिन गर्न प्रदेश सरकारले तीन सदस्यीय समिति गठन गरेको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा रहेको समितिमा प्रदेशका प्रमुखसचिव दीपक सुवेदी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव हरि फुँयाल सदस्य रहेका छन् । समितिलाई ७ दिनभित्र सत्यतथ्य बुझेर प्रतिवेदन बुझाउन भनिएको छ ।

समितिका संयोजक यादवले घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् ।

सचिव झा अस्पताल भर्ना

मन्त्रीको कुटाइबाट घाइते बनेका सचिव झा भने अस्पताल भर्ना भएका छन् । आइतबार राति नै उनी जनकपुरस्थित केयर नर्सिङहोममा भर्ना भएका हुन् ।

आफूले भनेअनुकूलको एनजीओमा कार्यक्रम नपार्दा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आइतबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रलाई नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कार्वाही गर्ने प्रधानमन्त्रीको चेतावनी

Read More →