Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

संघीय मामिला मन्त्रालयको सचिवमा यादवप्रसाद कोइराला

३ वैशाख,   खबरमञ्च,   at 12:44 PM

By   /  April 16, 2019  /  Comments Off on संघीय मामिला मन्त्रालयको सचिवमा यादवप्रसाद कोइराला

    Print       Email

 

काठमाडौं । संंघीय मामिला मन्त्रालयको सचिवको रुपमा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाको सरुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव दिनेशकुमार थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस भएपछि सो मन्त्रालय झन्डै तीन सातादेखि सचिवविहीन थियो ।

सरकारले कोइरालासंगै विभिन्न मन्त्रालय र निकायमा कार्यरत तीन सचिवको सरुवा गरेको छ ।

मन्त्रीपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ । हालै सचिवमा बढुवा भएर पदस्थापन हुन बाँकी रहेका सहसचिव डा। हरिप्रसाद पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कसरी टुंगियो नेकपाको एकता प्रक्रिया ?

Read More →