Loading...
You are here:  Home  >  समाज  >  Current Article

संखुवासभामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष लगायत ५ जनाकोे ज्यान गयो

३० पुस,   खबरमञ्च,   at 3:07 PM

By   /  January 14, 2018  /  Comments Off on संखुवासभामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष लगायत ५ जनाकोे ज्यान गयो

    Print       Email

Image result for दुर्घटना

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ ।

खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरकाे जीप मकालु गाउँपालिका-३, सामाटारमा दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा मृतकहरुमध्ये कटुवाल र अर्का व्यक्ति सुरेश राईको मात्रै सनाखत भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जाेशीले जानकारी दिए ।

अहिले जिल्ला प्रहरी कार्यालय, संखुवासभाकाे टाेली घटनास्थलतर्फ गइरहेकाे बताइएको छ ।

स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । जीपमा गाउँपालिकाका अध्यक्षसहित पुनर्निमाण प्राधिकरणका कर्मचारी सवार थिए ।

उनीहरू जिल्ला समन्वय समितिकाे अायाेजनामा भएकाे एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा दुर्घटना भएकाे जनाइएकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बस दुर्घटनामा ३४ यात्रु घाइते

Read More →