Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

शिवम् हाउजिङ प्रालि विर्तामोडद्वारा सोमबारबाट सुरक्षित आवासको बुकिङ खुल्ला

२३ भदौ,   खबरमञ्च,   at 7:33 PM

By   /  September 9, 2019  /  Comments Off on शिवम् हाउजिङ प्रालि विर्तामोडद्वारा सोमबारबाट सुरक्षित आवासको बुकिङ खुल्ला

    Print       Email

विर्तामोड । शिवम् हाउजिङ प्रालि विर्तामोडले सोमबारबाट सुरक्षित आवासको बुकिङ खुल्ला गरेको जनाएको छ।

सोमबार विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रालिले दुईवटा हाउजिङ कोलोनीमा बन्ने घरहरुको बुकिङ खुल्ला गरिएको जनाएको हो।

झापाको विर्तामोडमा बन्ने ‘शुगम’ तथा ‘हरिहर’ नाम दिइएका दुईवटा हाउजिङ कोलोनीको निर्माण तीव्र गतिमा भइरहेको प्रालिका अध्यक्ष मनोज प्रसाईंले जानकारी दिए।

उनले भने, ‘हामीले सुरक्षित आवासका लागि घरहरुको बुकिङ आजैबाट खुल्ला गरेका छौं।’

बढ्दो शहरिकरणसंगै अव्यवस्थित बसोबासले जरा गाडेको अवस्था ती हाउजिङ कोलोनी व्यवस्थित र सुविधासम्पन्न हुने जनाइएको छ।

प्रालिका अर्का सञ्चालक निर्मल भट्टराईका अनुसार उक्त कोलोनीहरुमा विजुली, टेलिफोनका तार सबै जमिनमुनी राखिनेछ।

उनले भने, ‘हामी सुरक्षा लगायत सबै किसिमले उक्त आवास क्षेत्रलाई व्यवस्थित बनाउने कुरा विश्वास दिलाउन चाहन्छौं।’

१५ धुर भन्दा बढी जमिनमा बनिने घरमा कार पार्किङ, फूलबारी लगायत सबै खाले सुविधा उपलब्ध हुने बताइएको छ।

एउटा घरको मूल्य कम्तीमा ९९ लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ओली र मोदीले ‘स्वीच’ थिचेर गरे पेट्रोलियम पाइपलाइनको उद्घाटन

Read More →