Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

शिल्पालाई नपक्रन सर्वाेच्चकाे अल्पकालिन आदेश

१ भदाै,   खबरमञ्च डेस्क,   at 3:56 PM

By   /  August 18, 2019  /  Comments Off on शिल्पालाई नपक्रन सर्वाेच्चकाे अल्पकालिन आदेश

    Print       Email

काठमाडाैं । अभिनेत्री शिल्पा पोखरेललाई नपक्रन सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आइतबार यस्तो आदेश गरेको हो।

उच्च अदालत र जिल्ला अदालतको पक्राउ गरेर कारबाही अघि बढाउन गरेको आदेशको बिरुद्धमा शिल्पाले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन आदेश जारी गरेको हो।

सर्वोच्चले भदौ १५ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सोही दिन अदालतमा उपस्थित हुन शिल्पालाई आदेश दिएको छ।

शिल्पाले साउन २९ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

गत साउन ५ गते विवादित फिल्म निर्माता छवि ओझाविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। ओझाकी जेठी श्रीमती हेमा ओझाले उनलाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएकी हुन्। बहुबिवाहको अभियोगपछि शिल्पा र छविलाई पक्रन जिल्ला अदालतले आदेश दिएको हो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बहुविवाह मुद्दामा शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्याे

Read More →