Loading...
You are here:  Home  >  छापामा  >  Current Article

शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध !

२९ पुस,   खबरमञ्च,   at 6:55 AM

By   /  January 13, 2019  /  Comments Off on शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध !

    Print       Email

काठमाडौं । शिक्षकहरुले अब राजनीति गर्न नपाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय राष्ट्रिय शिक्षा आयोग तयार पारी प्रधानमन्त्रीलाई बुझाउन लागेको अन्तिम प्रतिवेदनमा यस्तो प्रावधान राखिएको स्रोतले जनाएको छ ।

धेरैजसो शिक्षक कुनै न कुनैमा पार्टीमा आबद्ध हुने र खुल्ला राजनीति गर्ने क्रम बढेपछि आयोगले शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाउन खोजेको बुझिएको छ ।

यसैगरी उक्त प्रतिवेदनमा अनिवार्य र निशुःल्क शिक्षा कार्यान्वयन गर्न बार्षिकरुपमै बजेट विनियोजन गर्नुपर्ने उल्लेख गरिएको छ ।

शिक्षा क्षेत्रको भौतिक सुधार गरी बार्षिक करिब २० अर्ब रुपैंयाँ बजेट छुटाउन माग गरिएको छ ।

निःशुल्क अनिवार्य शिक्षा, शिक्षक दरबन्दी, प्रधानाध्यापकको ५ बर्षे करार नियुक्तिलगायतका विषय कार्यान्वयन गर्न करिब २ खर्ब ९० अर्ब लाग्ने अनुमान गरिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

होलीका लागि काठमाडौंमा उपत्यकामा तीन हजार प्रहरी परिचालित, जबर्जस्ती गर्ने तुरुन्तै पक्राउ पर्ने

Read More →