Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

शहीद स्मारक ए डिभिजन लिग: पुलिसले थ्री स्टारलाई हरायो

१३ पुस,   खबरमञ्च,   at 8:52 PM

By   /  December 28, 2018  /  Comments Off on शहीद स्मारक ए डिभिजन लिग: पुलिसले थ्री स्टारलाई हरायो

    Print       Email

काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसले थ्री स्टारलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भयो । पुलिसको जितमा निरकुमार राई, अभिषेक रिजाल र भोला सिलवालले एक एक गोल गरे ।

त्यस्तै सुरुआती अग्रता भने थ्री स्टारले लियो । खेलको १३औँ मिनेटमा विदेशी खेलाडी आबाङ अलबर्टले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाए यता पनि त्यसलाई कायम गर्न नसक्दा थ्री स्टार पराजित हुन पुग्यो । खेलको २०औँ मिनेटमा पुलिसका निरकुमारले एक गोल फर्काउदै खेललाई बराबरीमा ल्याए ।

खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरीमा रहेको खेलमा दोस्रो हाफमा पुलिसले दुई गोल थप्यो । खेलको ४७औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अभिषेकले पुलिसको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ५५औँ मिनेटमा भोलाले आफ्नो एकल प्रयासमा गोल गर्दै पुलिसलाई ३–१ को सहज जित दिलाए । खेलमा पुलिसका अजित भण्डारी म्यान अफ दि म्याच घोषित भए । यसजितसँगै एघार खेल खेलको पुलिस १८ अङ्कका साथ तालिकाको पाँचौ स्थानमा उक्लेको छ । पराजित भएको थ्री स्टारले दोस्रो स्थानमा उक्लने मौका गुमायो । समान एघार खेलको थ्री स्टारको २३ अङ्क छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एन्फा अनियमितताबारे अख्तियारद्वारा छानबिन शुरु

Read More →