Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

शहीद गङ्गालाल हृदय केन्द्रमा नवनिर्मित आकस्मिक तथा बहिरङ्ग सेवा भवनबाट सेवा दिन शुरु

११ साउन,   खबरमञ्च,   at 6:01 PM

By   /  July 27, 2019  /  Comments Off on शहीद गङ्गालाल हृदय केन्द्रमा नवनिर्मित आकस्मिक तथा बहिरङ्ग सेवा भवनबाट सेवा दिन शुरु

    Print       Email

काठमाडौँ । काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा शनिवारदेखि नवनिर्मित आकस्मिक तथा बहिरङ्ग सेवा भवनबाट बिरामीलाई सेवा दिन थालिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको उद्घाटन गरेका हुन्।

भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवजातिले अनुसन्धान तथा प्रयोगशाला प्रयोगमा विकास गरेका कारण विश्वभर स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको बताए ।

उनले भगवान् माथिको विश्वास तथा भगवानमा भर परेको भए आज स्वास्थ्य क्षेत्रमा जटिल प्रकारको रोगको उन्मूलन तथा औषधिको विकास सम्भव नरहेको उल्लेख गरे ।

भगवान् बुद्धको उपदेशको स्मरण गर्दै उनले बुद्धले पनि पात तथा जडिबुटी छोएको र त्यस बेलादेखि नै जडिबुटी औषधि विज्ञानको गौरवपूर्ण इतिहास रहेको चर्चा गरे ।

ओलीले गङ्गालाल हृदय केन्द्रको स्थापनापछि हालसम्म १७ हजार बिरामी मुटुको शल्यक्रिया गरेकामा त्यहाँका स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै गङ्गालाल हृदय केन्द्रले मुटुरोग लाग्न नदिन जनसाधारणमा सक्दो सचेतना फैलाउन जरुरी भएको बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्वविद्यालयमा भागबन्डाको मुस-दौड रोक्न डा. केसीको आग्रह

Read More →