Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

शहीद गंगालाल हृदय रोग केन्द्रको शाखा जनकपुरधाममा

९ साउन,   खबरमञ्च,   at 1:53 PM

By   /  July 25, 2019  /  Comments Off on शहीद गंगालाल हृदय रोग केन्द्रको शाखा जनकपुरधाममा

    Print       Email

जनकपुर । काठमाडौंमा रहेको शहीद गंगालाल हृदय रोग केन्द्रले जनकपुरधाममा शाखा विस्तार गरेको छ।

काठमाडौंबाहिर पनि हृदय रोगको उपचार सहज रूपमा होस् भनेर शाखा विस्तार गरिएको हो।

जनकपुर अञ्चल अस्पतालमा आयोजित एक कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शाखाको उदघाटन गरे। उपप्रधानमन्त्री यादवले जनकपुरधाममा बन्न लागेको हृदयरोग केन्द्र अस्पताल निकट भविष्यमै अत्याधुनिक सुविधासम्पन्न अस्पताल बन्ने विश्वास व्यक्त गरे।

प्रदेश २ मा शिक्षा र स्वास्थ्यको अवस्था खराब रहेका बेला हृदयरोग केन्द्र खुल्नु सुखद रहेको उनले बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्वविद्यालयमा भागबन्डाको मुस-दौड रोक्न डा. केसीको आग्रह

Read More →