Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

शरद भेसवाकर नेतृत्वकाे पाेखराले जित्याे पीपीएलको उपाधि, पारसकाे चितवन ६ विकेटले पराजित

२० कार्तिक,   खबरमञ्च,   at 2:55 PM

By   /  November 6, 2018  /  Comments Off on शरद भेसवाकर नेतृत्वकाे पाेखराले जित्याे पीपीएलको उपाधि, पारसकाे चितवन ६ विकेटले पराजित

    Print       Email

काठमाडौँ। नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को उपाधि शरद भेसवाकर नेतृत्वकाे  पोखरा पल्टनले जितेको छ । आज भएको फाइनलमा पनरस खड्का नेतृत्वकाे चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पहिलो पिपिएलको उपाधि घरेलु टिम पोखराले जितेको हो ।

चितवन राइनोजले दिएको १६१ रनको लक्ष्य पछाएको पोखराले १९.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । पोखराको जितमा भारतीय खेलाडी रवि इन्दर सिंहले ९४ रन बनाएका थिए । सिंहले ५८ बलमा १३ चौका र ३ छक्का बनाएका थिए ।

त्यस्तै पोखराका लागि मोहमद नावेदले २५ तथा कप्तान शरद भेसवाकरले २२ रन बनाएका थिए । चितवनका लागि भुवन कार्कीले २ विकेट लिए भने सन्नी पटेल, पारस खड्का र करण केसीले एक एक विकेट लिएका थिए। पोखराका २ खेलाडी रनआउट भएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउदै १६० रन बनाएको थियो । चितवन राइनोजका लागि कप्त पारस खड्काले ५१ रन बनाएका थिए। ३७ बलमा प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक बनाएका पारसले ९ चौका हानेका थिए।

चितवनका लागि भारतीय ब्याट्सम्यान सन्नी पटेलले तुफानी ब्याटिंग गर्दै २१ बलमा ४३ रन बनाएका थिए। त्यस्तै अनिलकुमार शाहले ३७ रनको योगदान दिएका थिए। त्यस्तै आरिफ सेखले अविजित १४ तथा हरिशंकर शाहले ८ रनको योगदान गरेका थिए।

त्यस्तै पोखरा पल्टनका कृष्ण कार्कीले २ विकेट लिएका थिए भने मोहमद नावेद र ललित राजबंशीले एक एक विकेट लिएका थिए। त्यस्तै चितवनका कप्तान पारस खड्काको विकेट पोखराले रनआउटको रुपमा लिएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पोखरा प्रिमियर लिग (पीपीएल)काे फाइनल अाजः उपाधिका लागि पोखरा पल्टन र चितवन राइनोज भिड्दै

Read More →