Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

शनिवारको एमबिबिएसको परीक्षा सर्वोच्च अदालतले रोकिदियो

२० भदौ,   खबरमञ्च,   at 4:53 PM

By   /  September 6, 2019  /  Comments Off on शनिवारको एमबिबिएसको परीक्षा सर्वोच्च अदालतले रोकिदियो

    Print       Email

काठमाडौं । सर्वोच्च अदालतले एमबिबिएसको प्रवेश परीक्षा रोकिदिएको छ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षण संस्थान (आइओएम)  र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको भोलिका लागि तय भएको एमबिबिएस प्रवेश परीक्षा सर्वोच्चले शुक्रबार रोकिदिएको हो।

आयुष ओझासमेतले  चिकित्सा शिक्षा ऐनविपरीत प्रवेश परीक्षा लिन लागेको भन्दै रिट हालेका थिए।  उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले दुबै पक्षलाई राखेर छलफल गर्नुपर्ने भएकोले  तत्काल परीक्षा रोक्न अन्तरिम आदेश दिएको हो।

सर्वोच्चले भदौ २५ गते छलफलका लागि दुबै पक्षलाई बोलाएको छ।

‘भोलि (शनिबार) एमबिबिएस तहको परीक्षा सञ्चालन नगरी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (ख) बमोजिम तत्कालै यथास्थितिमा राखी छलफलको निम्ति भदौ २५ गते आउनु भनी प्रत्यर्थीहरूलाई म्याद सूचना जारी छलफलको लागि पेशीको सूचना महान्यायाधीवक्ताको कार्यालयलाई समेत दिई उपस्थित भए वा गुजारेपछि नियमानुसार गर्नू,’ आदेशमा भनिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

संविधान दिवसका अवसरमा असाेज २ गते सरकारी अस्पतालमा नि:शुल्क टिकट

Read More →