Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

विश्वविद्यालयलाई सिद्धान्त घोकाउने पाठशाला होइन जीवनको पाठशाला बनाउनुपर्छः ओली

१६ पुस,   खबरमञ्च,   at 7:04 PM

By   /  December 31, 2018  /  Comments Off on विश्वविद्यालयलाई सिद्धान्त घोकाउने पाठशाला होइन जीवनको पाठशाला बनाउनुपर्छः ओली

    Print       Email

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई सिद्धान्त घोकाउने पाठशाला नबनाई जीवनको पाठशाला बनाउनुपर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयकोे सोमबार ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा आयोजित ४४आँै दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले विश्वविद्यालय केवल पढ्ने मात्र नभई अनुभूत गर्ने, व्यवहार गर्ने र अपनाउने शिक्षातिर जानुपर्ने बताए ।

त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘‘पढेलेखेको र कुनै तहमा उत्तीर्ण भएको व्यक्ति पनि जीवनको आधारभूत परीक्षामा अनुत्तीर्ण भएको र जीवन दुःखदायी भएको आज हामी देख्न सक्छौँ । कुनै विषयमा शिक्षा आर्जन गरेको व्यक्ति परिवार र समाजका लागि उदाहरणीय र अनुकरणीय हुन सकोस् भन्नेतिर विश्वविद्यालयको ध्यान जानुपर्छ ।’’

समाज लाभान्वित र समाजको सकारात्मक दृष्टान्त बन्न सक्ने विद्यार्थी विश्वविद्यालयले उत्पादन गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले ती विद्यार्थीले विवेकको बाटाबाट समाजलाई आधुनिकताको नयाँ दिशामा डोर्याउन सक्ने बताए । ‘‘हामीले निर्धारण गरेको विकास लक्ष्य पूरा गर्न कस्ता र कति जनशक्ति आवश्यक पर्छ, पहिले त्यसको विशिष्टीकरण गर्नुपर्छ, अनि त्यसअनुसार कुन कलेज कहाँ राख्ने र कुन विषय कहाँ पढाउने तय गर्न सक्छौँ,’’ उनले भने । विद्यार्थीले सिकेका ज्ञान सिर्जनात्मक ढङ्गले प्रयोग गर्न राज्यले सबैलाई शिक्षा प्राप्तिको आवश्यक वातावरण सिर्जना गरिने उनले बताए ।

विसं २०१७ देखि प्रत्येक वर्ष हुँदै आएको दीक्षान्त समारोहमा २०७४ सालको जेठ १८ गतेदेखि २०७५ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका ७४ हजार २८२ विद्यार्थीमध्ये नौ हजार ५०४ विद्यार्थी दीक्षित भएका छन् । छ हजार ३०९ विद्यार्थी सहभागी भएको सो समारोहमा विभिन्न सङ्कायमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रधानमन्त्री तथा त्रिविका कुलपति ओलीले ३१ पदक तथा पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने

Read More →