Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

विश्वविद्यालयमा हुने दलीय भागबण्डाप्रति सराेकारवालाकाे चिन्ता

७ असाेज,   खबरमञ्च,   at 8:16 PM

By   /  September 24, 2019  /  Comments Off on विश्वविद्यालयमा हुने दलीय भागबण्डाप्रति सराेकारवालाकाे चिन्ता

    Print       Email

विश्वविद्यालयहरुमा हुने दलीय भागबण्डाले शैक्षिक गुणस्तरमा प्रश्न उठ्न थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

समाजवादी विद्यार्थी युनियनले मंगलबार काठमाडौंमा गरेको ‘विश्वविद्यालयमा हुने दलीय भागबण्डा र शिक्षा क्षेत्रमा पर्ने प्रभाव’ विषयको अन्तर्क्रियाका सहभागीले विश्वविद्यालयमा हुने राजनीतिप्रति चिन्ता व्यक्त गरे ।

उनीहरूले विश्वविद्यालयको गरिमा बढाउन शैक्षिक र प्राज्ञिक क्षेत्रबाट नेतृत्व चयन गरे मात्र विश्वविद्यालयको शाख जोगाउन सकिने बताए।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा‍. केदारभक्त माथेमाले आफ्नो कार्यकालमा दलीय भागबण्डाको प्रवृत्ति रोक्ने कोशिस गरेपनि सहयोग नभएको गुनासाे गरे ।

समाजवादी पार्टीका उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हरेक क्षेत्रमा फैलिएको दलीय भागबण्डाले शिक्षा क्षेत्रलाई पनि गाँजेको भन्दै स्वच्छ नेतृत्व नआएसम्म विश्वविद्यालय राम्रो बन्न नसक्ने बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काठमाडौंको एक विद्यालयको छानो खस्दा ३९ विद्यार्थी घाइते

Read More →