Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

विश्वकै विकसित मुलुक फिनल्यान्डले संसारकै कान्छी प्रधानमन्त्री छान्यो

२३ मंसिर,   खबरमञ्च,   at 5:56 PM

By   /  December 9, 2019  /  Comments Off on विश्वकै विकसित मुलुक फिनल्यान्डले संसारकै कान्छी प्रधानमन्त्री छान्यो

    Print       Email

एजेन्सी । विश्वकै विकसित मुलुक फिनल्यान्डले संसारकै कान्छी प्रधानमन्त्री छानेको छ।

सरकार चलाइरहेको पाँच दलीय गठबन्धनको नेतृत्व ३४ वर्षीया सन्ना मरिनले गर्दैछिन्। उनले केही दिनमैं शपथ लिएर पदबहाली गर्ने कार्यक्रम छ।

शपथ लिएपछि उनी हाल पदमा रहेकामध्ये विश्वकै कम उमेरकी प्रधानमन्त्री मात्र होइन, फिनल्यान्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्री र संसारकै सबैभन्दा कम उमेरकी महिला प्रधानमन्त्री पनि बन्नेछिन्।

त्यहाँ अहिले चर्केको आन्दोलनलाई राम्रोसँग सम्हाल्न नसकेका प्रधानमन्त्री आन्ती रिनेले विश्वासको मत गुमाएपछि मरिन प्रधानमन्त्रीका लागि छानिएकी हुन्। रिनेकै मन्त्रिपरिषदमा उनी यातायात मन्त्री थिइन्।

तीन महिनाअघि युक्रेनका प्रधानमन्त्री बनेका ३५ वर्षीय ओलेक्सेइ होन्चारुकलाई उछिन्दै मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री बनेकी हुन्।

न्यूजिल्याण्डकी ३९ वर्षीया जासिन्दा आर्डेर्न, ४२ वर्षीय इम्मानुयल म्याक्रोँलगायत अन्य देशमा पनि उदीयमान युवानेताले कार्यकारी प्रमुखको रुपमा सरकार हाँकिरहेका बेला ५५ लाख जनसंख्या रहेको नर्डिक मुलुक फिनल्याण्डको नेतृत्व ३४ वर्षीया मरिनको काँधमा आइपरेको हो। उत्तर कोरियाली नेता किम जोङ उन पनि ३६ कै हाराहारीको उमेरमा छन्।

संसारको ध्यान आफूतिर तानिएपनि मरिन आफैँ चाहिँ उमेरसम्बन्धी जिज्ञासालाई त्यति महत्व दिन चाहन्नन्।

‘मैले आफ्नो उमेर र लैंगिकताबारे कहिल्यै धेरै ध्यान दिइनँ,’ उनले भनेकी छन्, ‘म त आफू राजनीतिमा आउनुको कारणबारे नै सोच्ने गर्छु, छु र त्यसैले नै हामीले आमनागरिकको विश्वास जितेका छौँ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्ड रद्द

Read More →