Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

विवाह पञ्चमी महोत्सवका लागि प्रदेश सरकारद्वारा ५० लाख निकासा

९ कार्तिक,   खबरमञ्च,   at 9:18 PM

By   /  October 26, 2018  /  Comments Off on विवाह पञ्चमी महोत्सवका लागि प्रदेश सरकारद्वारा ५० लाख निकासा

    Print       Email

 

जनकपुर । प्रदेश २ सरकारले रामजानकी विवाह पञ्चमी महोत्सवका लागि ५० लाख रुपैयाँको बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले विवाह पञ्चमी महोत्सवलाई भव्यताका साथ मनाउन ५० लाख दिने निर्णय गरेको प्रदेश सचिवालयले जनाएको छ । हिन्दुहरुको महान उत्सवलाई प्राथमिकतामा राख्दै बैठकले उक्त निर्णय गरेको बताइएको छ ।

जनकपुरधाममा राम जानकी विवाह पञ्चमीमा ठूलो धार्मिक एवं सांस्कृतिक मेला लाग्ने गर्छ । महोत्सवमा भगवान रामचन्द्रको जन्मभूमि भारतको अयोध्याबाट रामजानकी मन्दिरमा जन्ती आउने प्रचलन छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी पदबाट बर्खास्त

Read More →